कांग्रेस बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने - corporatekhabar.com
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजका लागि स्थगित भएको छ । उक्त बैठक भोली बिहान ८ बजे बस्ने भएको छ । आज बोलाइएको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा उपस्थित भएनन् । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्षबीच राति वार्ता हुने र सहमतिमा पुर्याउने नेताहरुले दाबी गरेका छन् । विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् । वार्ता चलिरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र समाप्त भएको छ भने भोलि नेतृत्व चयनको लागि निर्वाचन जानकारी दिइएको छ । निर्वाचन समितिले भोलि बिहान ८ बजे महाधिवेशन प्रतिनिधिहरुलाई भृकुटीमण्डपमा आउन आग्रह गरेको छ । The post कांग्रेस बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.