Redirecting...

मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना, ४० जना घाइते - bishwokhabar.com

मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना, ४० जना घाइते - bishwokhabar.com
Source: bsbk

काठमाडौं- मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अन्दाजी ३:१० बजे चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो। ‍ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। घाइतेमध्ये २ जना उपचार पश्चात डिस्चार्ज भइसकेको छन्। बाँकी घाइतेहरूमध्ये मौलाकालिका अस्पतालमा १५ जना, पुरानो मेडिकल कलेजमा १७ जना, नयाँ मेडिकल कलेजमा ५ जना र अरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस सडकबाट उठाएर अस्थायी प्रहरी चौकीमा ल्याइएको र सडक अवरूद्ध नरहेको प्रहरी जनाएको छ।