Redirecting...

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण : १० सुरक्षाकर्मीको मृत्यु - kendrabindu.com

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण : १० सुरक्षाकर्मीको मृत्यु - kendrabindu.com
Source: kend

काठमाडौँ। पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् । सैन्य चौकी रहेको भवनमा विस्फोटक पदार्थले बोकेको एक गाडी विष्फोट भएको थियो । उक्त भवन पहिले मदरसा थियो । पछि सुरक्षा चौकी बनाइएको थियो । पाकस्तिानी प्रहरी अधिकारीले सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि १० सुरक्षाकर्मीको मृत्यु भएको बताए । आक्रमणमा परी मृत्यु हुनेमा एक प्रहरी र नौ सैनिक रहेका छन् । उक्त आक्रमणबारे पाकिस्तानी सेनाका तर्फबाट अहिलेसम्म कुनै बयान सार्वजनिक भएको छैन ।खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफ्रिदीले आत्मघाती आक्रमणको निन्दा गरेका छन् ।