Redirecting...

शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार - arthasanjal.com

शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार - arthasanjal.com
Source: sanj

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा बन्द भएको छ । आज ३३१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोडको शेयर कारोबार भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सागर डिस्टिलरीको २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।