मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाण्डौको एमएन अस्पतालमा विशेष छुट - www.onlinepana.com
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाण्डौको,बसुन्धरामा रहेको ‘एमएन अस्पताल’सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । The post मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाण्डौको एमएन अस्पतालमा विशेष छुट appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).