प्रतिनिधिसभा सदस्य निर्वाचन: एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस - ehimalayatimes.com
दमौली (तनहुँ) । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ। तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटी बैठकले उम्मेदवार चयन गरेको हो। एमाले तनहुँका अध्यक्ष हरिराज कँडेलका अनुसार क्षेत्र नम्बर १ मा आठ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार सिफारिस भएका छन्। क्षेत्र नम्बर १ का उम्मेदवारः भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, अनिल पाण्डे, प्रेमबहादुर राना, रामबहादुर गुरुङ, शोभा गुरुङ र मोहन सुनार। क्षेत्र नम्बर २ का उम्मेदवारः केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र वाग्ले र नरेन्द्र वाग्ले। एमालेले सबै उम्मेदवारलाई आगामी निर्वाचनका लागि तयार पार्न क्षेत्रीय स्तरमा तयारी अघि बढाउने जनाएको छ।