अस्ट्रेलियाको नयाँ नियमले बालबालिकालाई कम सुरक्षित बनाउँछ : युट्युब - ujyaaloonline.com
Source: unn
भिडियो शेयरिङ प्लेटफर्म ‘युट्युब’ ले अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ । अस्ट्रेलियाले यही डिसेम्बर १० देखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्षमुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले अभिभावक र शिक्षकहरूले नयाँ नियमले बालकालिकालाई युट्युबमा कम सुरक्षित ब...