मोरङमा ‘अमह् तुष्टि : चेतनाको अदृश्य सत्ता’ कृतिको लोकार्पण - sahityapost.com
विराटनगर । स्रष्टा शम्भुप्रसाद भट्टराईको निबन्धकृति ‘अमह् तुष्टि : चेतनाको अदृश्य सत्ता’ विराटनगरमा एक समारोहबीच लोकार्पण गरिएको छ। पत्रकार महासङ्घ मोरङ शाखाको सभाहलमा विराट साहित्य सङ्गम, विराटनगरद्वारा आयोजित कार्यक्रममा पुस्तकको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा सङ्गमका संरक्षक बलराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल र खेम नेपाली, सरला चापागाईँ, डा. देवी पन्थी, रमनाथ भट्टराई, डा. बाबुराम तिम्सिना लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जीवन काश्यपले लोकार्पित कृतिको समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै हरि कट्टेल, केशु विरही, लोचन रिजाल, उमानाथ घिमिरे ‘सगर’, उमानाथ भट्टराई ‘अचल’, हरिप्रसाद बराल, भीम कोइराला, भवानीप्रसाद पोखरेल, शिवनारायण सिङ्गल, नवराज पोखरेल ‘नवशिला’, शैलेन्द्र घिमिरे, लक्ष्मी रायमाझी, पुष्पा सायरा, चूडामणि नेपाल ‘अकिञ्चन’, कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अम्बिका खरेल उप्रेती, कर्ण सञ्जय, सविना श्रेष्ठ, चन्द्रकान्त भट्टराई, सुजता राईलगायतका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा कविता केशरीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने प्राज्ञ बाबुराम पोखरेलले लेखक भट्टराईको परिचय प्रस्तुत गर्नुभएकाे थियाे । विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गमका सचिव गोपाल निर्भीकले गर्नुभएकाे थियाे । The post मोरङमा ‘अमह् तुष्टि : चेतनाको अदृश्य सत्ता’ कृतिको लोकार्पण appeared first on साहित्यपोस्ट.