Redirecting...

प्रभु बैंकको नाफा १० गुणा बढ्यो - www.pardafas.com

प्रभु बैंकको नाफा १० गुणा बढ्यो - www.pardafas.com
Source: pfds

प्रभु बैंकको नाफा १० गुणा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ अर्ब ४४ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा जम्मा ५१ करोड रुपैयाँ थियो । बैंकको नाफामा उच्च वृद्धि देखिनुको प्रमुख कारण हो– कर्जा नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) वापत छुट्याइएको रकम फिर्ता हुनु । अघिल्लो आर्थिक वर्ष बैंकले कुल सञ्चालन आम्दानीबाट ४ अर्ब ७१ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज कटौती गरेकोमा अहिले २ अर्ब ५१ करोड रुपैयाँ फिर्ता लिन सफल भएको छ । कुल सञ्चालन आम्दानीमा २ अर्ब ५१ करोड रकम थपिँदा नाफामा उल्लेख्य वृद्धि देखिएको हो । तर खुद ब्याज आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ११ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब १९ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानीमा उच्च वृद्धि देखिएको छ । यस्तो आम्दानी पहिले २ रुपैयाँ १७ पैसा रहेकोमा अहिले २३ रुपैयाँ १२ पैसा छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले ४.९४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ४.९६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ४.४४ रुपैयाँ छ ।