विदेशी पर्यटकलाई अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ - bankingsamachar.com
काठमाडौं – नेपाल प्रहरीले विदेशी पर्यटकलाई यात्रा सहजीकरणको नाममा अनलाइनमार्फत ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिका– ३ स्थायी वतन भएका अल्टिट्यूड राईडर्स प्रालि का संस्थापक ४० वर्षीय विशु सिंजाली रहेका छन्। उनले पोल्यान्डका १३ जना राइडरसँग ‘मेरो अल्टिट्यूड राइडर्स प्रालि’ नामक कम्पनी रहेको दाबी गर्दै नेपालमा मोटरसाइकल राइड, खाना, बसाइ तथा अन्य सेवा–सुविधासहितको पूर्ण प्याकेज प्रदान गर्ने भन्दै म्यासेन्जरमार्फत कुराकानी गरी सम्झौता गरिएको थियो। सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम अग्रिम भुक्तानी गर्न आग्रह गरेपछि पीडितहरूले सोही अनुसार रकम पठाएका थिए। तर, सर्तअनुसार कुनै सेवा नदिई सम्पर्कविहीन भएपछि पीडित विदेशी नागरिकहरूले साइबर ब्युरोमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ सिंजालीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा २०७२ कात्तिक २६ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट प्राप्त ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।