Redirecting...

एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका हेरफेर, ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने - ehimalayatimes.com

एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका हेरफेर, ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेकपा (एमाले) को एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यतालिका संशोधन गरिएको छ। बन्दसत्र सुरु भएसँगै केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा समय हेरफेर गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले संशोधित कार्यतालिका सार्वजनिक गर्नुभएको छ। नयाँ कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ। यसअघि प्रकाशित कार्यतालिकामा उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म तोकिएको थियो। संशोधित कार्यतालिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन र निर्णय गरिनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा साँझ ५ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ। उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिने आयोगले जनाएको छ। नयाँ नेतृत्व चयनका लागि मतदान भने भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ।