अस्ट्रेलिया: 'बोन्डाइ बीच' आक्रमण गर्ने बाबु र छोरा - www.bbc.com
Getty Images अनुसन्धान जारी रहँदा संयम हुन प्रहरीले आह्वान गरेको छ अस्ट्रेलियाका न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सले 'बोन्डाइ बीच'मा भएको बन्दुक हमलामा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये पनि एक जनाको मृत्यु भएको बताए। ज्यान गुमाउनेहरूमा १० वर्षदेखि ८७ वर्ष उमेर सम्मका मानिसहरू रहेको बताइएको छ।प्रहरी आयुक्त माल लान्यनले आक्रमणकारीहरू ५० र २४ वर्षका बुवा र छोरा भएको बताए।प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ भने २४ वर्षीय व्यक्तिको अवस्था गम्भीर छ।घटनापछि घटनास्थलमा ड्यूटीमा रहेका प्रहरीहरूसहित ४२ जनालाई अस्पताल लगिएको थियो। अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको बन्दुक हमलाबारे हामीलाई के थाहा छ?अस्ट्रेलियामा १६ वर्षमुनिका निम्ति सामाजिक सञ्जालमा आजदेखि प्रतिबन्ध, अनुगमन गर्ने योजनासहित सरकार प्रहरीले ५० वर्षीय ती व्यक्तिसँग हतियारको लाइसेन्स रहेको बताएको छ। उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ र बोन्डी बीचबाट थप छ वटा हतियार बरामद गरिएको छ।प्रधानमन्त्री र प्रहरीले के भने?घटनास्थलमा दुईवटा विस्फोटक पदार्थ पनि फेला परेको थियो जसलाई प्रहरीले निष्क्रिय पारेको छ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले भविष्यमा हुन सक्ने आक्रमणहरू रोक्न आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिने बताएका छन्। उनले अष्ट्रेलियाली समाजबाट यहूदीविरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।यसैबीच, न्यू साउथ वेल्सकी प्रहरी मन्त्री यास्मिन क्याटलीले बन्दुक हमलाका बेला सहयोग गर्न बोन्डाइ प्रहरी चौकीमा ड्यूटीमा नरहेका प्रहरी अधिकारीहरूका साथै बोन्डाइभन्दा बाहिरका क्षेत्रमा काम गर्ने प्रहरीहरू पनि त्यहाँ पुगेको बताइन्।उनले पत्रकार सम्मेलनमा भनिन्, "तिनीहरूमध्ये धेरैजसो ड्यूटीमा थिएनन्। उनीहरूले घटनाबारे सुने, आफ्नो बर्दी लगाए, कारमा चढे र बोन्डाइ प्रहरी चौकीतिर लागे किनभने उनीहरूलाई थाहा थियो कि उनीहरूको आवश्यकता त्यहाँ पर्ने छ।" अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुन, तर लागु गर्न चुनौती विदेशी विद्यार्थीको सङ्ख्यामा सीमा निर्धारण गर्ने अस्ट्रेलियाको घोषणा त्यस्तै प्रहरी आयुक्त माल लान्यनले आक्रमणको प्रतिक्रियामा प्रहरीले बहादुरीपूर्ण काम गरेको र त्यसको प्रशंसा गरिनुपर्ने बताए। "यो पत्याउनै गाह्रो अराजक र भयानक दृश्य थियो। राम्रोसँग प्रशिक्षित प्रहरी अधिकारीहरूको लागि पनि," उनले भने।लान्यनले ५० वर्षीय बन्दुकधारी बन्दुक क्लबको सदस्या रहेका कारण मनोरञ्जनात्मक शिकारको लागि हतियारको इजाजतपत्र रहेको पाइएको बताए। एनएसडब्ल्यूका प्रिमिअर क्रिस मिन्सले "राज्यको बन्दुक कानूनमा [परिवर्तनको] समय आएको" स्वीकार गरे। तर उनले थप विवरण भने दिएनन्। अस्ट्रेलियामा भेटियो दैत्यको जस्तो सिङ भएको 'लूसिफर' मौरीसन् २०२५ मा बसोबास गर्न सर्वाधिक योग्य सहरहरू मिन्सले समुदायका सदस्यहरूलाई बोन्डाइ पबिलियनको पछाडि स्थापित स्मारक स्थलमा फूल चढाउने काम जारी राख्न प्रोत्साहित गरिरहेका छन्।"मानिसहरूले पहिले नै त्यो ठाउँमा फूलहरू चढाइरहेका छन् भनेर मैले याद गरेँ। हामी समुदायका सदस्यहरूलाई त्यसो गर्न प्रोत्साहित गर्छौँ," मिन्सले पत्रकार सम्मेलनमा भने।प्रधानमन्त्रीले न्यू साउथ वेल्सभरि रक्तदान गर्ने ठाउँहरूमा पहिला कहिल्यै नभएको मानिसहरूको उपस्थिति रक्तदानका लागि भएको भन्दै त्यसको स्वागत गरेका छन्।"तपाइँ यदि नागरिक कर्तव्यको रूपमा त्यसो गर्न चाहनुहुन्छ भने कृपया धैर्य गर्नुहोस्। यसको हामी एकदमै स्वागत गर्छौँ र यो राम्रो उद्देश्यका लागि हुने छ," उनले भने।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।