Redirecting...

खोटाङमा खोलाले बगाएकाे युवककाे शव भेटियाे - nagariknews.nagariknetwork.com

खोटाङमा खोलाले बगाएकाे युवककाे शव भेटियाे - nagariknews.nagariknetwork.com
Source: ngrk

खोटाङमा हाैंचुर खोलाले बगाएर बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका - १५, विजयखर्क बसेरीका २१ वर्षीय सुमन बिकको लास भेटिएको छ।असोज १८ गते शनिबार रावाबेंसी गाउँपालिका-६, हौंचुर मामाघरबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको थियाे। घरपरिवारबाट खोलाले बगाएको खवर पाउनेबित्तिकै प्रहरी चौकी हरमटारका प्रहरी टाेली र स्थानीयले उनकाे खोजी गरेको थियाे।हौंचुर खोलाले बगाएको बिकको शव असोज १९ गते हौंचुर खोलाको ओढारे भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ।मृतक विकसँगै उनका सहोदर भाइ सुजन बिक र सोही ठाउँका रोशन बिक मामाघर गएका थिए।