Redirecting...

एन पि घायलका मुक्तक- समयले बनाएकाे हिटलर ! - kendrabindu.com

एन पि घायलका मुक्तक- समयले बनाएकाे हिटलर ! - kendrabindu.com
Source: kend

काठमाडौं। १.मारेर बाँचिरहेँ रहर रहरै रहरमा।यो बैरीहरुको शहर रहरै रहरमा।।मानव बन्न गाह्रो दानव बस्तीमा।छैन पीएको जहर रहरै रहरमा।। २.गरेथेँ मुटुको प्रेम उस्ले पत्थर बनायो।यो जिन्दगीले पनि भर न घर बनायो।।बुद्ध जस्तो छोरो जन्माएकी हौ आमा।तर समयले यतिबेला हिटलर बनायो।। ३.पीरको भारी यति सम्म बोक्नु परेको छ।आएन पाठ जिन्दगीको घोक्नु परेको छ।।अभावले यसरी जिस्काउँछ कहिलेकाहीँ।नङ्कट छैन दाँतले नङ्ग टाेक्नु परेको छ।। ४.भुकम्प झै तिम्रा याद आइरहन्छन् बेला बेला।कलेजी मुटु धड्कन खाइरहन्छन बेला बेला।।दिलमा चोट नियतीमा खोट लगाएर जानेहरु।दुखेको जिन्दगी लाई सताइरहन्छ्न् बेला बेला।। ५.बुझिनौ कि इसारा यी नजरैको तिम्ले।उत्तर दिए झैँ लागेथ्यो अधरैको तिम्ले।।यो जवानी देख्यौ नबस मन जलाएर।पुगौँ कतै तय गर आउ सफरैको तिम्ले।। –(पेशाले पत्रकारिता अँगालेका लेखक पौडेल गजल, मुक्तक र कवितामा पनि कलम चलाउँछन् । उनी वर्तमान साहित्यमा ‘एन पि घायल’को उपनामले पनि परिचित छन् ।)