Redirecting...

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब बढि - bankingsamachar.com

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब बढि - bankingsamachar.com
Source: bkns

काठमाडौं – साताको चौथो कारोबारको दिन बुधवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.१७ अकंले बढेर २६ सय ७ दशमलव ४२ को बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको हो । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेसँगै १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लागनीकर्ता ९.९६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फष्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडक लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ७.४८ प्रतिशतका दरले गुमाएका हुन् ।