ट्रम्पले युद्धविरामको घोषणा गरेपनि थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी - corporatekhabar.com
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको घोषणा गरे पनि शनिबार बिहानै लडाईं जारी रहेको छ । ट्रम्पले दुबै देशका नेताहरू शुक्रबार साँझदेखि सबै गोलाबारी बन्द गर्न र यसअघि हस्ताक्षर गरेको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएको दाबी गरेका थिए । यद्यपि, शुक्रबार र शनिबार रातभर गोलाबारी जारी रहेको छ । यसैबीच, थाई सेनाले धेरै रणनीतिक स्थानहरू पुन: कब्जा गर्ने प्रयास गरिरहेका छन् । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कम्बोडियाले आफ्ना सबै सेना फिर्ता गरे र बारुदी सुरुङहरू हटाएमा मात्र युद्धविराम सम्भव हुने बताएको जानकारी दिएका छन् । उनले भनेका छन्– ’जबसम्म हामी हाम्रो भूमि र जनतालाई थप क्षति वा खतरा महसुस गर्छौं, तबसम्म थाइल्याण्डले सैन्य कारबाही जारी राख्नेछ । म यो स्पष्ट पार्न चाहन्छु । आज बिहानका हाम्रा कार्यहरूले त्यो स्पष्ट सन्देश पठाउँछन् ।’ थाइल्याण्ड र कम्बोडिया बीचको नयाँ लडाईंमा कम्तिमा २१ जनाको मृत्यु भएको छ र ७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । The post ट्रम्पले युद्धविरामको घोषणा गरेपनि थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.