वायुप्रदूषण वातावरणीय समस्या मात्रै होइन, राष्ट्रिय स्वास्थ्य संकट पनि हो - farakdhar.com
Source: FRDH
नेपाल हाल विश्वका ती देशहरूमध्ये पर्दछ, जहाँ वायु प्रदूषण तीव्रगतिमा बढ्ने क्रममा छ । काठमाडौँ उपत्यकादेखि तराई, पहाड हुँदै हिमाली क्षेत्रसम्म प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । त्यसो त हरेक पल फेर्ने श्वासप्रश्वासदेखि पिउने पानीसम्मलाई प्रदूषणले प्रभाव पारिरहेको छ । यसको असरबाट नयाँ प्रकारका रोगहरू देखिने क्रममा छन् । अझ पछिल्लो दशक संसारमा नसर्ने रोगहरूको महामारी फैलनुमा पनि प्रदूषणको प्रभाव हो भन्ने कुरालाई प्रतिष्ठित अनुसन्धानमा संलग्न संस्था र व्यक्तिहरूले प्रमाणित गरेका छन् । हरेक साल झैँ यस साल पनि काठमाडौँमा ...