हालसम्म विश्वभर ३ अर्ब बढी आईफोन बिक्री - techpana.com
Source: tcpn
काठमाडौँ । एप्पलले हालसम्म विश्वभर तीन अर्बभन्दा बढी आईफोन बिक्री गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले एक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सन् २००७ मा लन्च भएयता हालसम्म यो आँकडामा आईफोन बिक्री भएको जानकारी दिएका हुन् । यो घोषणा एप्पलले आफ्नो आर्थिक वर्ष २०२५ को तेस्रो त्रैमासमा आईफोनको बिक्रीमा दोहोरो अंकको वृद्धि हासिल गरेसँगै आएको हो । आईफोनको यही बिक्री प्रदर्शनले कम्पनीलाई महत्त्वपूर्ण कोसेढुंगा पार गर्न मद्दत गरेको कुकले उल्लेख गरेका छन् । एप्पललाई पहिलो एक अर्ब आईफोन बेच्न ...