कविता : बुख्याचा - sahityapost.com
यहाँ हरेक बिहान सुरुवात हुन्छएउटा अघोषित द्वन्द्वनियति र श्रमका बीचमाजहाँ एउटाले झम्टिन खोजिरहन्छअर्को छेलिँदै–छेलिँदैलिस्नो उक्लिन खोजिरहन्छसर्प–सिँढीको खेलमा झैँ गुर्काएरअगणित सम्भावनाका डाइसहरू । यहाँ हरेक बिहान बोकेरखर्पनभरि उदाउँदा सूर्यहरूपाइला चालिरहन्छ जिन्दगीसँगाल्दै मनभरि आशा र भरोसाका फूल।तर, जब बिस्तारै बिलाउँछघामको उज्यालो उडाउँछहावाले परिश्रमका विभूतिहरूतब डस्न थाल्छन् विषालु अँध्यारा रातले।अनि फेरि आगोभन्दा पनि बेसी पोल्ने भएर,हावाभन्दा पनि अति पातला भएरवितन्डा मच्चाउने सामुद्रिक आँधी र सुनामीझैँउठ्छन् ती अनेकन सवालहरू मनभरिजुन वर्षौँदेखि अनुत्तरित छन् । यहाँ हरेक रात सपना र वास्तविकताबिच हुन्छन्अपरिभाषित सौदाबाजीजहाँ जिन्दगी गर्दै जान्छ बुँदा बुँदामा सम्झौता ।अन्त्यहीन चक्रझैँ हरेक बिहान भालेका डाकसँगैफेरि उदाउँछ उज्यालो बोकेरनयाँ सङ्घर्षका आयामहरू । यो सब तमासा खलियानका डिलबाट नजर गरिरहेछएउटा निष्प्राण बुख्याचाजो सदा एउटै ठाउँबाट रखवारी गरिरहन्छ ।उहीँ अडेको छउहीँ यथास्थितिमा छअनि जुध्दै हावासँग, पानीसँग र समयसँगअनि नियतिको निर्दयी खेलसँग ।ऊ बोल्न सक्दैनऊ लड्न सक्दैनऊ केवल उभिरहन्छर नियालिरहन्छआफ्नै चलायमान प्रतिबिम्ब ।