जिलीको एसयूभीमा ‘फोर ह्वील स्टेरिङ’ (भिडियोसहित) - www.meroauto.com
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी जिलीको ग्यालेक्सी इएक्स फाइभमा फोर ह्वील स्टेरिङ प्रयोग भएको छ । कम्पनीले आफ्नो कम्प्याक्ट इलेक्ट्रीक क्रसओभर एसयूभीमा नयाँ स्टेरिङ दिएको हो । फोर ह्वील स्टेरिङको प्रयोगसँगै इएक्स फाइभ जस्तो सुकै बाटोमा सजिलै घुमाउन, साँघुरो पार्किङमा पार्क गर्न र ड्राइभिङको छुट्टै मज्जा दिन सक्ने भएको छ । अहिले नेपाली बजारमा उपलब्ध एमजी आइएम सिक्स एसयूभीमा मात्रै फोर ह्वील स्टेरिङ उपलब्ध छ । जिलीले डिसेम्बर १२ तारिखको दिन आफैँले विकास गरेको फोर ह्वील स्टेरिङको भिडियो सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरेको भिडियोमा गाडीको पाङ्ग्राहरु र्टन भएको देख्न सकिन्छ । बाहिर आएको भिडियो अनुसार कारको चारवटै चक्कमा स्टेरिङले पावर दिएको देखिन्छ । गाडीका चक्का ९० डिग्रीसम्म टर्न गरेका छन् । यसको सहायताले क्र्याब ड्राइभिङ मोडलाई मजबुद बनाउनेछ । कम्पनीले अहिले देखाएको टेक्नोलोजी पूर्णमा प्रयोग कहिले थाल्नेछ भन्ने एकिन जानकारी बाहिर आएको छैन । अहिले जिलीको इएक्स फाइभ नेपाली बजारमा एलआरआर ग्रुपले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ग्रैहीधारमा शोरुम संचालनमा ल्याएर जिलीका उत्पादन बिक्रीको लागि उपलब्ध गराएको छ । जिलीले नयाँ फोर ह्वील स्टेरिङ कहिलेबाट कारहरुमा प्रयोग थाल्छ भन्ने एकिन जानकारी दिएको छैन । तर, चीनमा यसको ब्यापक हुन थालेसँगै नेपाली बजारमा पनि उपलब्ध हुने सहजै अनुमान गर्न सकिन्छ । जिली इएक्स फाइभ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले ६० किलोवाट आवरको ब्याट्री र १६० किलोवाटको मोटरमा उपलब्ध गराएको इएक्स फाइभ बीवाइडी एटो थ्रीको सिधा प्रतिस्पर्धी मोडल हो । HD The post जिलीको एसयूभीमा ‘फोर ह्वील स्टेरिङ’ (भिडियोसहित) appeared first on Meroauto.