Redirecting...

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी, अरू कसले जिते ? (सूचीसहित) - kendrabindu.com

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी, अरू कसले जिते ? (सूचीसहित) - kendrabindu.com
Source: kend

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी भएका छन् । सोमबार सम्पन्न २०औँ साधारणसभाले आगामी दुई वर्षका लागि एन्ड्रयुलाई अध्यक्ष निर्वाचित गरेको हो । सोमबार राति सम्पन्न मतगणनामा पौडेल ३४१ मतसहित विजयी भएका छन् । । उनका प्रतिस्पर्धी दीपकराज भुसालले २४९ मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएकी छन् । लक्ष्मण पौडेल (एन्ड्रयु) र दीपकराज भुसालले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा निर्वाचित बासुदेव दाहाल, गीता शिवाकोटी एन्ड्रयु समूह बाट निर्वार्चित भएकी हुन् ।भने । उपाध्यक्ष जितेका विकल्पराज पोखरेल भुसाल समूहबाट उम्मेदवार थिए । महासचिवमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् । दुई सहसचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन् । उनीहरू दुवै जना भुसाल प्यानलबाट निर्वाचित भएका हुन् । कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन् । उनी एन्ड्रयु प्यानलबाट उम्मेदवार थिइन् भने सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् । खनाल भुसाल प्यानलका हुन् । सदस्यहरूः अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन् । यस्तो छ मत परिणाम । इक्यान संस्था मात्र नभई मेरो लागि एउटा परिवार हो : लक्ष्मण पौडेल