कविताः बुढापाकाहरु - sahityapost.com
बुढापाकाहरूवृद्धाश्रम जान बाध्य भएपछि नैभत्किएका हुन् पिँढीका डिलहरू,मक्किएका हुन् घरका धुरीखम्बाहरू,फुटेका हुन् मौरीका घारहरू,भाच्चिएका हुन् दलिन र मूलखम्बाहरू,बिग्रिएका हुन् लोग्ने–स्वास्नी,बा–आमा र छोराछोरीका पवित्र सम्बन्धहरू। बुढापाकाहरूसमाजमा देखिन छोडेपछि नै बज्न थालेका हुन्मन्दिरमा उरन्ठेला गीतहरू,बढ्न थालेका हुन् हत्या, हिंसार आत्महत्याका घटनाहरू,च्यातिन थालेका हुन्कलिला नानीहरूका यौनाङ्गहरू,कुल्चिन थालेका हुन् कुरान, बाइबल, त्रिपिटकर गीताका पानापानाहरू,मेटिन थालेका हुन् हृदयबाटै मातृत्वर वात्सल्यका अमिट छापहरू। बुढापाकाहरू चौतारीमा देखिन छाडेपछि नैहराएका हुन् सोरठीका भाकाहरू,बिटुलिएका हुन् युवतीहरूका सिउँदोका सिन्दूरहरू,बदलिएका हुन् भजन, चुड्का र टुक्काहरू,बसाइँ सरेका हुन् गाउँखाने कथाका सुनका गाउँहरू। बुढापाकाहरू बोल्न छोडेपछि नै बिक्न थालेका हुन्विलासी स्न्याकहरू, गन्हाउन थालेका हुन्गाई भैँसीका गोरसहरू, ठडिएका हुन् मदिराका बोतलहरू,ढलेका हुन् आस्थाका पर्खालहरू,बाँझाे भएका हुन् विवाहित युवतीका पाठेघरअनि खेत, बारी र बगैँचाहरू,बज्रिएका हुन् प्रदेशी युवाहरूका मुटुमा बज्र प्रहारहरू,चिसिएका हुन् बज्दा बज्दैका सारङ्गीका धुनहरू,आएका हुन् बैन्ड–बाजाहरू,हराएका हुन् नौमती र पञ्चे बाजाहरू।बुढापाकाहरू वृद्धाश्रम जान बाध्य भएपछि नैभत्किएका हुन् पिँढीका डिलहरू। The post कविताः बुढापाकाहरु appeared first on साहित्यपोस्ट.