कविताः कस्तो राजनीति ! - sahityapost.com
सुशासनको मतलब छैन कस्तो बन्यो नीति,असलकर्म देख्ने दिन कहिले आउला तिथि ।लोकतन्त्र र गणतन्त्रको के हो यस्को रीति,सिद्धान्तको मतलब छैन कस्तो राजनीति ।।१।। चरित्र र नैतिकतालाई पन्छाउँछन् पर,कसैकोनि विश्वास छैन कसको गर्ने भर ।जताततै बिग्रेको छ व्यवस्थाको थिति,लोभ–लालच–स्वार्थ मात्रै कस्तो राजनीति ।।२।। समझदारी नभएको कसतो काम गर्छन्,स्वार्थ मात्रै आफन्तको मोहजालमा पर्छन् ।पद–पैसा र पजेरोमा लाउँछन् मायाप्रीति,जनता भन्या जन्तु ठान्ने कस्तो राजनीति ।।३।। ठूलो स्वरले भाषण गर्दै बन्छन् राष्ट्र्वादी,भागवण्डाको शासनसत्ता खान्छन् आधी–आधी ।जनताको सम्मान छैन बोल्छन् आफैं जिति,गफै–गफले मख्ख पार्छन् कस्तो राजनीति ।।४।। जनताको समस्यालाई जतिसक्यो टार्ने,सज्जन–सोझा मानिसलाई सजाएँमा पार्ने ।पद–पैसा र सम्पत्तिको स्वार्थ लुटने खेती,जन सुझाव लत्याइदिने कस्तो राजनीति ।।५।। कर्तव्य र इमान छोड्ने संस्कृति भो यहाँ,पापीहरुको पाप सबै लेखिने छ वहाँ ।देशको भूमि बाँडी खाँने रैछ यहाँ रीति,धर्मकर्म छोड्दै जाने कस्तो राजनीति ।।६।। का.म.न.पा. वडा न. ८, कुमारीगाल गुहेश्वरी, काठमाडौं । The post कविताः कस्तो राजनीति ! appeared first on साहित्यपोस्ट.