‘फेस्टिभ डिलाइट २०८१’ को विजेता घोषणा - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर विजेता घोषणा गरेको छ । अफरअन्तर्गतको पुरस्कार हुण्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । ‘फेस्टिभ डिलाइट २०८१’ अफर दशैँ र तिहारका अवसरमा सुरु गरिएको थियो । अभियान भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालनमा थियो, जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेंसिव बीमा र पुराना सवारी साधन साट्न चाहनेका लागि एक्सचेन्ज बोनसलगायतका अफर रहेका थिए ।