Redirecting...

सुकुम्बासीलाई काठमाडौँमा ४-४ आना जग्गा दिन दुर्गा प्रसाईंको माग - arthasarokar.com

सुकुम्बासीलाई काठमाडौँमा ४-४ आना जग्गा दिन दुर्गा प्रसाईंको माग - arthasarokar.com
Source: aths

काठमाडौँ । दुर्गा प्रसाईंले काठमाडौँ महानगरको डोजर र नगर प्रहरी शोले फिल्मको गब्बर जस्तो भएको बताएका छन् । उनले खोला किनारमा बसेका सुकुम्बासी परिवारका लागि नगर प्रहरीले गब्बरजस्तै भएको बताएका हुन् । ‘आज खोलाको डिलमा बसेका भूमिहीन सुकुम्बासीलाई काठमाडौँ महानगरपालिकाको डोजर र नगर प्रहरी भनेपछि गब्बर जस्तो लाग्छ ।’, प्रसाईंले भने । त्यस्तै, उनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि खोला किनारमा बस्दै आएका सुकुम्बासी परिवारलाई नचलाउन पनि सरकारसँग माग गरेका छन् । प्रसाईंले सकुम्बासीलाई काठमाडौँ ४-४ आनाका दरले जग्गा उपलब्ध गराउनुपर्ने पनि बताएका छन् ।