Redirecting...

प्रदीप ज्ञवालीकाे अपिल : चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकाे सामना गर्न केपी ‌‌ओली नेतृत्वकाे सिङ्गो टिमलाई शानदार मतका साथ विजयी गराऔँ - janatatimes.com

प्रदीप ज्ञवालीकाे अपिल : चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकाे सामना गर्न केपी ‌‌ओली नेतृत्वकाे सिङ्गो टिमलाई शानदार मतका साथ विजयी गराऔँ - janatatimes.com
Source: jant

काठमाडौं, पुस १ । नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने नेतृत्व चयनको मतदानमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानललाई शानदार मतका साथ विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गर्नु भएकाे छ । सामाजिक सञ्जाल फेसबुक मार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले आजको मतदानलाई पार्टीको आन्तरिक जीवनका साथै राष्ट्रिय राजनीतिको दृष्टिले पनि निर्णायक र दूरगामी महत्वको क्षण भएको उल्लेख गर्नु भएकाे छ। चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई सही दिशामा अघि बढाउन ओली नेतृत्वको टिम आवश्यक रहेको उहाँको धारणा छ । उनले आफू सधैँ पार्टीका कार्यकर्ता र प्रतिनिधिहरूकै बीचमा रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसपटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको जानकारी पनि दिनुभएकाे छ। प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको ज्ञवालीको विश्वास छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। सर्वसम्मत प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो। महाधिवेशनमा अध्यक्षसहित विभिन्न पदमा प्रतिस्पर्धा भइरहेको छ। यस्ताे छ ज्ञवालीकाे अपिल: एघारौँ राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू ! आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु । म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु । यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु । धन्यवाद ! तपाईँहरूकै, प्रदीप ज्ञवाली