Redirecting...

सन्दीप लामिछानेले आज किन पाएनन् प्लेइङ-११ मा मौका ? - farakdhar.com

सन्दीप लामिछानेले आज किन पाएनन् प्लेइङ-११ मा मौका ? - farakdhar.com
Source: FRDH

बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सोमबारको खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाएका छैनन् ।  राजशाही वारियर्समा आबद्ध उनले ढाका क्यापिटल्सविरुद्धको खेलमा प्लेइङ–११ मा मौका नपाएका हुन् । सन्दीपले पछिल्लो दुई खेलमा चार ओभरमा समान २१ रन दिएर एक/एक विकेट लिएका थिए ।  वारियर्सले आइतबारको खेलमा डेथ ओभरमा खराब बलिङ गरेको थियो ।  सोही कारण डेथ ओभर बलिङमा सुधार गर्न वारियर्सले आज सन्दीपलाई विश्राम दिएर श्रीलंकाका फास्ट बलर बिनुरा फर्नान्डोलाई मौका दिएको हो ।