Redirecting...

आन्दोलनमा घर जलेर ध्वस्त, अहिले आफन्तको घरमा बस्छन् प्रचण्ड - arthasarokar.com

आन्दोलनमा घर जलेर ध्वस्त, अहिले आफन्तको घरमा बस्छन् प्रचण्ड - arthasarokar.com
Source: aths

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घर जलेर ध्वस्त भएपछि हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफन्तको घरमा बस्दै आएको पाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड आफ्नै परिवारकै सदस्यको घरमा बस्दै आएको पाइएको हो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रचण्डको खुमलटार निवासमा पनि तोडफोड र आगजनी गरिएको थियो । तोडफोड र आगजनीबाट घर पूर्ण रुपमा ध्वस्त भएको थियो । सो बेला उनलाई नेपाली सेनाले शिवपुरीमा राखेर सुरक्षा दिएको थियो । तर, अवस्था सामान्य भएपछि उनी सार्वजनिक भएका थिए । घर जलेर ध्वस्त भएपछि हाल उनी आफन्तको घरमा बस्दै आएका छन् ।