बाबुराम र जनार्दनसँगको छलफलमा रास्वपा, सहमतिकाे सम्भावना कति ? - farakdhar.com
Source: FRDH
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासहितका नेतासँग सहकार्यका सम्भावनाबारे सक्रिय रूपमा संवाद अघि बढाएको बताएका छन् । चितवनमा शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति विस्तार बैठकमा सहभागी हुन आएका झाले बिहीबार बिहानको तयारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । बैठकमा आगामी निर्वाचनका लागि सम्भावित गठबन्धन, सहकार्यको मोडालिटी र सुशासनका एजेन्डामा एकजुट हुन सक्ने विषयमा विस्तृत छलफल भएको उनले बताए । &...