पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन - nagariknews.nagariknetwork.com
Source: ngrk
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उहाँले बताउनुभयो । कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।