राति मतदान हुँदा ‘गडबड’ हुनसक्ने एमालेकै नेताहरूको आशङ्का - farakdhar.com
Source: FRDH
नेकपा एमालेले नयाँ नेतृत्व पाउँदै छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नयाँ नेतृत्वको लागि चुनावी मैदानमा छन् । शनिबार भक्तपुरमा उद्घाटन गरिएको महाधिवेशनपछि आइतबार बन्दसत्र भृकुटीमण्डमा सुरु भएको हो । यसअघि पार्टी अध्यक्ष ओलीले सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताउँदै आएका थिए । तर, पोखरेलपक्ष समूह नै तयार पारेर उभिएपछि अन्ततः एमाले नेतृत्व चुनावबाट टुंगो लाग्ने भएको हो । तर, मतदानको समय भने पटक पटक सारिएको छ । यसअघि मंगलबार अपरान्ह १२ बजेबाट मतदान सुरु हुने कार्य तालिका तय भए प...