Redirecting...

साताकाे पुस्तक : आधा – सपना - sahityapost.com

साताकाे पुस्तक : आधा – सपना - sahityapost.com
Source: shpt

आधा – सपना – विजयकुमार शर्मा लेखक तथा पूर्व लडाकु, कृषि उद्यमी विजयकुमार शर्माको संस्मरण पुस्तक हो ‘आधा– सपना’ । पुस्तकमा विजयले जनयुद्धदेखि १४ वर्षको जेल जीवन त्यसपछि कृषि यात्रा, उत्पादित वस्तुको लागी बजार खोजको बारेमा लेख्नुभएको छ ।”कारागारको चिसो, निर्जीव चार भित्ताभित्र थुनिएको मेरो शरीरले मात्र होइन, मेरो हृदयले पनि बाहिरको खुला आकाश र भविष्यको उज्ज्वल सपना देख्यो ।” पुस्तकमा विजय आफ्नो कुरा लेख्नुहुन्छ, ”फलामे बार र शून्य कोलाहलबीच, मेरा सपनाहरु एउटा अग्निपर्वतझैँ भित्रभित्रै दन्किरहेका थिए । कानूनको एम.एल.एम. तहको अध्ययनका लागि फिल्ड वर्कमा आउने साथीहरुसँग हुने छलफल मेरालागि विचारको उर्वर भूमि बन्यो । ठीक त्यही बेला मेरो मनले एउटा अकाट्य सत्यलाई अँगालो हाल्यो कि ‘देशको वास्तविक परिवर्तन र समृद्धि राजनीतिबाट मात्रै होइन, यही माटोमा आधारित आत्मनिर्भर कृषिबाट सम्भव छ ।’ बाहिर निस्किएपछि गर्ने राजनीति नै त होला। भन्ने हरेक साथीहरुको जिज्ञासामा मेरो जवाफमा कुनै द्विविधा थिएन । एउटा दृढ संकल्प थियो, ‘म बाहिर गएर कृषिकर्म (पशुपालन) गर्छु ।’ यो जवाफ एउटा लामो र कठोर युद्ध, मुद्दामामिलाको तनाव र कारागारको एकांकी जीवनले निचोरेर निकालेको, शान्त र अन्तरआत्माको वाणी थियो । वास्तवमै मैले महसुस गरिसकेको थिएँ कि वास्तविक सुख र समृद्धिको जरा माटोमा निहित छ। त्यसबाहेक अन्यत्र कतै छैन। दाङ कारागारमा आइपुग्दा नआइपुग्दै, मेरो त्यो सपनाले स्वर्ण बिहानीझै मूर्त रुप लिइहाल्यो । मेरो व्यक्तिगत प्रयासमा श्रीमती र भाइको अटुट साथ र समर्पणले साथ दियो । ‘देवकोटा बहुउद्देश्य कृषि फर्म’को बिउ रोप्यौ । आज, त्यो फारम मेरा लागि केवल एउटा व्यवसाय होइन, यो मेरो १२, १५ जनाको परिवारको जीवन्त मुटु बनेको छ । आवश्यक गर्जीहरु टार्न सक्ने भएको छु । मैले शीर उठाएर ‘म कृषि उद्यमी हूँ’ भन्न सक्ने सामाजिक हैसियत प्राप्त भएको छ ।” पुस्तकलाई शब्दमिडिया प्रा.लि. साहित्यपोस्टले बजारमा ल्याएको छ । दुई सय ७० पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय ५५ रुपियाँ रहेको छ । The post साताकाे पुस्तक : आधा – सपना appeared first on साहित्यपोस्ट.