काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियस - nepalnews.com
Source: NPNW
काठमाडौँ । आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा घटेको छ । आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो । हिजो बिहान पौने ६ काठमाडौँमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको थियो ।