Redirecting...

एमालेको ११औँ महाधिवेशन: भृकुटीमण्डपमा बन्दसत्र जारी, पोखरेलले अवधारणा पत्र पेस - ehimalayatimes.com

एमालेको ११औँ महाधिवेशन: भृकुटीमण्डपमा बन्दसत्र जारी, पोखरेलले अवधारणा पत्र पेस - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ। अपराह्न ३ बजेपछि सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि बोल्नुभयो र छुट्टै अवधारणा पत्र पेस समेत गर्नुभयो । गत शुक्रबारको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणा पत्र राख्न दिने सहमति गरेको थियो। पोखरेलले महासचिव शंकर पोखरेललाई केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमै पुगेर उक्त अवधारणा पत्र बुझाउनु भएको हो । उहाँले आफ्नो अवधारणा पत्रमा उठाएका विषयहरूलाई पनि बन्दसत्रमा पेस हुने दस्तावेजमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । जारी बन्द सत्रमा आफ्नो धारणा राख्दै पोखरेलले भन्नुभयाे, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौँ भन्नु कति विवेक सम्वत् ? विल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन । नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’