Redirecting...

सागर गैरेको नियात्रा कृति ‘एउटा अल्बाट्रस’ प्रकाशन हुँदै - sahityapost.com

सागर गैरेको नियात्रा कृति ‘एउटा अल्बाट्रस’ प्रकाशन हुँदै - sahityapost.com
Source: shpt

काठमाडौं । लेखक तथा साहित्यकार सागर गैरेको नयाँ नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रस’ प्रकाशन हुने भएको छ । विश्वका विभिन्न देशमा गरिएको यात्राका क्रममा लेखिएका नियात्राहरू समेटेर उक्त कृति तयार गरिएको हो। प्रशान्त महासागरदेखि क्यास्पियन सागरसम्मका भूभागमा पुगेर त्यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पक्षको सूक्ष्म अवलोकन र खोजका आधारमा लेखिएका नियात्राहरूले पुस्तकलाई समृद्ध बनाएको लेखक गैरेले बताउनुभएकाे छ । नेपाली साहित्यमा नियात्रा विधालाई थप सशक्त बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयाे । संसारमै सबैभन्दा लामो दूरी उड्न सक्ने चरामध्ये पर्ने अल्बाट्रसलाई संकेतात्मक रूपमा प्रयोग गर्दै पुस्तकको नामकरण गरिएको लेखक गैरेको भनाइ छ । “अल्बाट्रस लामो यात्रामा निरन्तर उड्न सक्ने, पर्यटक मन भएको सुन्दर पंक्षी हो,” उहाँले भन्नुभयाे, “मेरो यसपटकको यात्रा पनि तुलनात्मक रूपमा लामो रह्यो, जसले प्रशान्त महासागरलाई काला सागरसँग जोड्न पुग्यो।” यात्राका क्रममा प्राप्त अनुभव तथा पछि गरिएका अध्ययनका सामग्रीहरू पुस्तकमा समेटिएको जनाउँदै गैरेले पाठकले फरक भूगोल र संस्कृतिको स्वाद एकैपटक लिन सक्ने बताउनुभयाे। यसअघि लेखक गैरेका संस्मरणात्मक कृति ‘लकडाउन’, नियात्रा सङ्ग्रह ‘बलैगाउँदेखि बाकुसम्म’ तथा उपन्यास ‘मोहोर’ प्रकाशित भइसकेका छन्। The post सागर गैरेको नियात्रा कृति ‘एउटा अल्बाट्रस’ प्रकाशन हुँदै appeared first on साहित्यपोस्ट.