Redirecting...

रेडम्याजिक ११ एयर जनवरी २० मा अनावरण गरिने - www.technologykhabar.com

रेडम्याजिक ११ एयर जनवरी २० मा अनावरण गरिने - www.technologykhabar.com
Source: tckb

हालैका टिजरहरू पछि नुबियाले रेडम्याजिक ११ एयरको लन्च मितिको बारेमा आधिकारिक रूपमा घोषणा गरेको छ। स्लिम प्रोफाइलको यो डिभाइस अब ११ प्रो र ११ प्रो+ समावेश रहेको रेडम्याजिक ११ लाइनअपमा सामेल हुनेछ। रेडम्याजिक ११ एयर जनवरी २० मा चीनमा अनावरण गरिनेछ। नुबियाले विस्तृत स्पेसिफिकेशनहरू साझा नगरे पनि फोनले फ्ल्यागशिप–स्तरको पर्फर्मेन्स र उन्नत सुविधाहरू प्रदान गर्ने भनिएको छ। हालैको एक नयाँ लीकले ह्यान्डसेट स्न्यापड्रागन ८ एलिट एसओसीको साथ २४ जीबी सम्मको र्यामले सुसज्जित हुने बताएको छ। फोनमा ६.८५–इन्चको डिस्प्ले हुनेछ र १२०वाट द्रुत चार्जिङ समर्थनको साथ ७,००० एमएएच ब्याट्री समावेश गरिने उल्लेख गरिएको छ। डिभाइसको मोटाई ७.८५एमएम मापन गर्ने र लगभग २०७ ग्राम तौल हुने भनिएको छ। ह्यान्डसेटमा सक्रिय कूलिङ फ्यान, अन्डर–डिस्प्ले सेल्फी क्यामरा र एन्ड्रोइड १६ चल्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। The post रेडम्याजिक ११ एयर जनवरी २० मा अनावरण गरिने appeared first on Technology Khabar.