मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार, कसले कुन जिम्मेवारी पाए ? - www.pardafas.com
Source: pfds
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन् । जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा (एकिकृत समाजवादी) पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीन जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गरेका छन् । तीन जना नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराए ।