Redirecting...

यसरी मनाइयो ताथलीमा ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ (फोटो फिचर) - taksarnews.com

यसरी मनाइयो ताथलीमा ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ (फोटो फिचर) - taksarnews.com
Source: tsar

भक्तपुरको ताथलीमा प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेसँगै, प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को मूल समारोह भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासंघ नेपाल, र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा दिवस मनाइएको हो । कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने समारोहमा एफएओ नेपालका प्रतिनिधि केन शिमिजु, कृषि सचिव, चाँगुनारायण नगरप्रमुख तथा अन्य पदाधिकारीहरूको उपस्थिति रह्यो । औपचारिक रुपमा कोदो दिवसको शुभकामना आदानप्रदान कार्यक्रमपछि कार्यक्रम स्थलको नजिकेको बारीमा अतिथि तथा उपस्थितहरुले कोदो रोपेका छन् । २०७७ सालदेखि राष्ट्रिय कृषक समूह महासंघ र अनाजको सहकार्यमा कोदो प्रवर्द्धन अभियान सञ्चालन हुँदै आएको थियो । कोदोजन्य बालीको महत्व बुझेर यसको प्रवर्धन गर्नका लागि राष्ट्रिय दिवस घोषणाको माग गर्दै यसअघि कोदो दिवस सांकेतिक रुपमा मनाउँदै आइएकोमा कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को २०८२ असार २३ गतेको निर्णय बमोजिम यो वर्षदेखि राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । कोदोको महत्व दर्शाउन देशभर नै विभिन्न कार्यक्रम गरेर कोदो दिवस मनाइएको छ । शब्द/तस्बिरः पुष्पा पाल/टक्सार