जनयुद्ध दिवस : रोल्पाका ३ पालिकामा सार्वजनिक बिदा - www.onlinekhabar.com
Source: onkh
१ फागुन, रोल्पा । आज जनयुद्ध दिवस । यो दिवसको अवसरमा रोल्पाका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन् । सुनछहरी, सुनिल स्मृति र थबाङ गाउँपालिकाले सूचना जारी गरेर आज सार्वजनिक बिदा दिएको बताएका हुन् । २०५२ फागुन १ गतेबाट शुरु भएको जनयुद्धका क्रममा गुमाउनेको सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाहरूले बताएका छन् ।…