Redirecting...

आइतबार १२.५० अंकले घट्यो नेप्से परिसूचक - arthasarokar.com

आइतबार १२.५० अंकले घट्यो नेप्से परिसूचक - arthasarokar.com
Source: aths

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेड संस्थापक सेयरको भएको छ । यस कम्पनीको २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, सिटि होटल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।