Redirecting...

बैंकिङ्ग कसुर मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ - bankingsamachar.com

बैंकिङ्ग कसुर मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ - bankingsamachar.com
Source: bkns

काठमाडाैं – बैंकिङ्ग कसुर मुद्दामा नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ लखनपुर घर भएका तेली बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका हुन्। तेलीले आफ्नो खातामा पैसा नहुँदा नहुँदै १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काटेका थिए । तेलीले १० र ६ लाख ७५ हजारको दुई वटा चेक दिएको र बैंकबाट ती दुई वटै चेक बाउन्स भएपछि पीडितहरूले प्रहरीमा उनीविरुद्ध जाहेरी दिएका थिए । क्रान्ति गुप्तासहितका दुई जना व्यक्तिले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको हो । पक्राउ परेका तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।