Redirecting...

क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धानका लागि तीन अमेरिकी वैज्ञानिकलाई नोबेल पुरस्कार - www.bbc.com

क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धानका लागि तीन अमेरिकी वैज्ञानिकलाई नोबेल पुरस्कार - www.bbc.com
Source: bbcn

Getty Images संयुक्त राज्य अमेरिकामा क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धान गरेका तीन वैज्ञानिकले भौतिकशास्त्रतर्फ संयुक्त रूपमा नोबेल पुरस्कार पाउने भएका छन्।'म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ र विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेशन' हुन्छ भन्ने तथ्य पत्ता लगाएकाले जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिसलाई उक्त पुरस्कार दिन लागिएको नोबेल समितिले जनाएको छ। सो समितिका अनुसार सन् १९०१ देखि भौतिकशास्त्रतर्फ अहिलेसम्म ११९ पटक गरी कुल २२९ जनालाई नोबेल पुरस्कार दिइएको छ। विवादित बनेका ६ नोबेल शान्ति पुरस्कारका विजेताहरू नोबेल पुरस्कार के हो, यसलाई किन विशेष मानिन्छ भौतिकशास्त्रतर्फको पुरस्कार स्टक्होमस्थित रोयल स्वीडिश अक्याडमी अफ साइन्सेसले प्रदान गर्छ। विजेताहरूले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्।क्लार्क बर्क्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्निया, डेभोरेट येल यूनिभर्सटी अनि सान्टा बार्बरास्थित यूनिभर्सिटी अफ क्यालिफोर्निया र मार्टिनिस सान्टा बार्बरास्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत छन्।क्लार्कको जन्म सन् १९४२ मा यूकेको केम्ब्रिजमा, डेभोरेको जन्म सन् १९५२ मा फ्रान्सको प्यारिसमा र मार्टिनिसको जन्म सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा भएको थियो।यस वर्षका विजेता र अनुसन्धाबारे हामीलाई के थाहा छ TT/Nobel Prize उनीहरूले सन् १९८४ र १९८५ मा सुपरकन्डक्टरहरूबाट निर्मित विद्युतीय सर्किटमा शृङ्खलाबद्ध प्रयोग गरेका थिए। त्यसकै आधारमा उनीहरूले नयाँ तथ्य पत्ता लगाएका थिए। नोबेल समितिका अनुसार हामीले प्रयोग गर्ने क्वान्टम प्रविधिको एउटा उदाहरण कम्प्युटरका माइक्रोचिपमा हुने ट्रान्जिस्टर हो। "यो वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कारले क्वान्टम क्रिप्टोग्र्याफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरसहित अझ उन्नत क्वान्टम प्रविधि विकास गर्ने अवसर प्रदान गरेको छ।" हामीले बोक्ने स्मार्टफोनमा भएका क्यामराको श्रेय आइन्स्टाइनलाई १०० वर्ष पुरानो एउटा खोज जसका कारण अचेल पनि धेरैले नोबेल पुरस्कार पाइरहेका छन् यसअघि नोबेल पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो। सो विधामा यो वर्ष मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र शिमोन साकागुचीले प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि उक्त पुरस्कार हात पार्ने भएका हुन्। नोबेल पुरस्कार समितिका अनुसार बुधवार रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ। Johan Jarnestad/The Royal Swedish Academy of Sciences समितिले विगत १२ महिनामा "मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका" व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गर्ने गरेको छ।स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले पाँच विधामा पुरस्कार स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यसहित कोष बनाएर त्यसमा राखेका थिए।सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कार स्थापना गरेपछि अहिले कुल छ विधामा पुरस्कार दिइन्छ। नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो। 'ब्ल्याक होल' भित्र के हुन्छ? ओपन्हाइमर र आइन्स्टाइन: एउटा जटिल सम्बन्ध 'टिङटिङ....उठ्नुहोस्, तपाईँले नोबेल पुरस्कार जित्नुभो' रोचक जानकारीजोन बार्डीनले सन् १९५६ र १९७२ मा दुई पटक भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार हात पारेका थिए। भौतिकशास्त्रतर्फ सो पुरस्कार पाउने हालसम्मकै सबैभन्दा वृद्ध व्यक्ति आर्थर याश्किन हुन्। पुरस्कार पाउँदा उनी ९६ वर्षका थिए। भौतिकशास्त्रतर्फ पुरस्कृत हुने सबैभन्दा कान्छा व्यक्ति चाहिँ लरेन्स ब्र्याग हुन्। पुरस्कृत हुँदा उनी २५ वर्षका थिए।सन् २०१९ मा लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि डोना स्ट्रिक्ल्यान्डले यही विधामा नोबेल पुरस्कार हात पारेकी थिइन्। क्यानडाकी डा स्ट्रिक्ल्यान्डले अमेरिकाका डा आर्थर याश्किन र फ्रान्सका डा जेरा मोरूसँग लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी हुन्। भौतिकशास्त्रमा उक्त पुरस्कार पाउने उनी तेस्री महिला हुन्। उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट-माएरले उक्त पुरस्कार पाएका थिए। 'हिग्स बोजन' कणले ब्रह्माण्डसम्बन्धी हाम्रो ज्ञान कसरी फेरिदियो सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले गरेका 'तीन गल्ती' यसअघि भौतिकशास्त्रमा कसले पाएका थिए नोबेल पुरस्कार Getty Images गत वर्ष आर्टिफिशल इन्टेलिजन्स (एआई) मा मशीन लर्निङबारे काम गर्ने जोन जे हप्फील्ड र जेफ्री ई हिन्टनले नोबेल पुरस्कार पाएका थिए। हिन्टनलाई 'एआईका मार्गदर्शक' मानिन्छ सन् २०२४ - एआई र मशीन लर्निङसम्बन्धी आविष्कारका लागि अमेरिका ९१ वर्षे वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्प्युटर वैज्ञानिक जेफ्री ई हिन्टन२०२३ - पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल'हुलिएलाई 'सूक्ष्म कालखण्ड' पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि२०२२ - अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरलाई 'क्वान्टम मेकानिक्स'बारे अनुसन्धान गरेकाले २०२१ - स्युकुरो मानाबे, क्लाउस हासल्मान, जिओर्जिओ पारिसीलाई पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीहरूबारे मानव जातिको ज्ञान बढाएकोमा२०२०: रोजर पेन्रोज, राइन्हार्ड गेन्जेल र आन्द्रिया गेजलाई ब्ल्याक होलको अनुसन्धानका लागि२०१९: जेम्स पिबल्स, मिशेल मेयर र डिडिएर कोएलोले संयुक्त रुपमा ब्रह्माण्डबारे विभिन्न अभूतपूर्व कुरा पत्ता लगाएकाले ५५ वर्षपछि महिलालाई भौतिक शास्त्रको नोबेल परमाणु टुक्र्याउने नयाँ यन्त्रले विज्ञानमा 'नयाँ क्रान्ति' ल्याउन सक्छ २०१८: डोना स्ट्रिकल्यान्ड, आर्थर अश्किन र जेरार मुरूलाई लेजर फिजिक्सका क्षेत्रमा विभिन्न कुरा पत्ता लगाएकाले २०१७: रेनर वाइस, किप थ्रोन र ब्यारी बारिशलाई गुरुत्वका तरङ्गहरू पत्ता लगाएकाले २०१६: डेभिड थोलेस, डन्कन होल्डेन र माइकल कोस्टरलिट्सलाई पदार्थका दुर्लभ चरणबारे गरिएको अनुसन्धानका लागि २०१५: ताकाकी काजिता र आर्थर मक्डोनल्डलाई न्यूट्रिनोमा हुने कम्पन पत्ता लगाएकाले टीभी स्क्रीन र क्यान्सर उपचारमा प्रयोग हुने प्रविधिलाई नोबेल पुरस्कार 'सूक्ष्म कालखण्ड' को अनुसन्धानका लागि तीन वैज्ञानिकलाई भौतिक शास्त्रको नोबेल पुरस्कार २०१४ - इसामु आकासाकी, हिरोशी आमानो र शुजि नाकामुरालाई नीलो प्रकाश उत्सर्जन गर्ने प्रभावशाली डायोड आविष्कार गरेकाले २०१३ - फ्रास्वाँ एङ्लर्ट र पीटर हिग्सलाई सब्एटमिक कणको द्रव्यमान उत्पत्ति बुझ्न सघाउने विधि आविष्कार गरेकाले आर्टिफिशल इन्टेलिजन्स के हो ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।