Redirecting...

कविता : सुख्खा हिउँद - sahityapost.com

कविता : सुख्खा हिउँद - sahityapost.com
Source: shpt

चिसो बतासले छाती चिथोर्दा,घाम पनि तातेजस्तो नभएको दिन।ओइलाएका पातका सङ्गीत सुन्दै,रूखका हाँगाहरू मौन छन् अचेल। नदीका छालहरू निदाइरहे,खडेरीले फाट्यो माटोको मन।मलिनो सूर्य, धूलोले ढाकेको,ओझेलमा पर्‍यो न्यानोपन। कहाँ छ लय ती बर्सातका ?कहाँ हरायो हरियालीको गीत ?सपनाजस्तै लाग्छ वसन्त अब,सपनाभन्दा पर छ जीवन रीत । तर पनि आशाले टेकेर उभिन्छ,एकदिन टिप्न सुनौला किरण ।हिउँद बितेर न्यानो बतासलेफेरि सजाउनेछ धरतीको वरण। The post कविता : सुख्खा हिउँद appeared first on साहित्यपोस्ट.