कविता : म नथुवा चौधरी एक प्रश्न–विरासतको - sahityapost.com
निधारमा खोपिएका चाउरीहरूबुढ्यौलीका धर्सा होइनन्यी त समयको कलमलेघाम, पानी, रगत र पसिनाकोअमिट मसीले लेखिएकाजीवित इतिहास हुन्। अनुहारभरि फैलिएका रेखाहरूसामान्य रेखा होइनन्,यी त ती वर्षहरूका गणित हुन्जहाँ घामले छायाको अधिकार पाएनजहाँ पसिनालेओभाउने अवसर पाएन । म नथुवा चौधरीकुनै कागजको परिचय–पत्र होइन ।म मेरो माटोको सुगन्ध हुँ,तराईको छातीमाघामले जलाएको अक्षर हुँ । म यही घामसँग हुर्किएँयही हावासँग सास फेरेँमेरो नाल गाडिएकोयही माटोमाआजसम्मको पहरेदार बनेँ । बाढी आउँदा म भागिनँघर बग्दा म रुने मात्र मान्छे बनिनँ ।म ढुङ्गा बनेँम तटबन्ध बनेँम आफ्नै छातीले अड्याएरआफ्नो माटो जोगाएँ । तर कहिल्यै मोडिनँसंस्कृति र पहिचानको बाटोकिनकि बाटो मोड्नु भनेकोआफ्नै आत्माबाटपलायन हुनु हो। मेरो आत्मसम्मानकुनै भाषणमा अडिएको छैनमेरो स्वाभिमानकुनै मञ्चमा सजिएको छैन ।यो त पुर्खाको पसिनालेभिजेकोमेरो विरासतको भारीमाअडिएको हो । म धर्तीपुत्र !मेरो स्वाभिमानलाई आजनैराश्यको करौतीलेधरापमा पारेको छ ।गति सुस्ताएको छआवाज हराएको छ। यही बुढो शरीरझैँलमतन्न थन्किएका छन्आफ्नै अस्तित्वकापाङ्ग्राहरू । सन्ध्याको अस्ताउँदो प्रकाशझैँमेरो संस्कृति अबघरको आँगन र भित्तामा मात्रसास फेरिरहेकी छ।पिठ्युँमा अडिएका धनुषहरूअब सजावट बनेका छन्लडाइँका कथातस्बिरमा मात्र बाँचेका छन् । धनुष समात्न बिर्सिसकेकाकम्पित हातहरूलेकसरी थाम्न सक्छन्मेरो विरासत ? भित्तामा टाँसिएका चिनारीहरूसमयको ओसलेमिहिन–मिहिन हुँदैबिलाउँदै गइरहेका छन् ।नाम नै मेटिँदाअनुहार नै हराउँदाकसरी बाँच्छमेरो पहिचान ? उमेरले ठगिइसक्दा पनिकाँधमा बोकेकोअक्षर–अक्षर इतिहासबिसाउने ठाउँ खोज्दैसमयको कोलाहलभित्रएक्लै उभिएको छु । म नथुवा चौधरीम आज प्रश्न बनेको छुके विरासत बाँच्नयुवापन चाहिन्छ ?कि सम्झन सक्नेसंवेदनशील चेतना ? यदि म ढलेँ भनेमसँगै एउटा संस्कृति ढल्नेछएउटा पहिचानमाटोभित्रफेरि गाडिनेछ । म बोल्न सक्दिनँ जोरलेतर मेरो मौनताचिच्याइरहेको छ