रुसी राष्ट्रपति भारत भ्रमणमा आउँदै, दिल्लीमा भव्य स्वागतको तयारी - ujyaaloonline.com
Source: unn
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत आउँदै हुनुहुन्छ । पुटिन दिउँसो ४ बजे नयाँ दिल्लीमा आइपुग्नुहुने बीबीसी हिन्दीले जनाएको छ । दिल्लीमा पुटिनको भव्य स्वागत गर्ने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र दुई देशबीच हुने शिखर सम्मेलनका लागि हुन लागेको पुटिनको भ्रमणमा भारत र रुसबीच कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने तयारी रहेको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । अमेरिकाले रुसी तेल खरिद रोक्न भारतमाथि दबाव दिएको केही समयमै रुस र भारतबीच सम्झौताहरू हुन लागेका हुन् । अह...