राष्ट्रियसभाको बैठक बस्दै, के छन् कार्यसूची ? - www.pardafas.com
Source: pfds
संघीय संसद राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने सम्भावित कार्यसूची छ ।