Redirecting...

काठमाडौं महानगरद्वारा छात्रवृत्तिका लागि अन्तिम मनोनयन खुला - nagariknews.nagariknetwork.com

काठमाडौं महानगरद्वारा छात्रवृत्तिका लागि अन्तिम मनोनयन खुला - nagariknews.nagariknetwork.com
Source: ngrk

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ मा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अन्तिम मनोनयनको अवसर प्रदान गरेको छ। महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थाहरूमा विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी विषयमा बाँकी रहेका सिटहरूमा भर्नाका लागि आइतबार साँझ ५ बजेसम्म वेबसाइटमार्फत अनलाइन आवेदन पेस गर्न सकिनेछ। पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका, शिक्षण संस्थामा समस्या भएका वा अन्तिम मनोनयनमा सहभागी हुन चाहने विद्यार्थीले आफूले चाहेको विषय र शिक्षण संस्थाको प्राथमिकताक्रम छनोट गरी पुनः आवेदन गर्नुपर्नेछ। अन्तिम मनोनयन योग्यताक्रमका आधारमा विषयगत रूपमा गरिने जानकारी दिइएको छ।