Redirecting...

एमालेका केन्द्रीय पदाधिकारी : कुन प्रदेशबाट कति ? - bishwokhabar.com

एमालेका केन्द्रीय पदाधिकारी : कुन प्रदेशबाट कति ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा एमालेका केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशको वर्चस्व देखिएको छ । दशौँ महाधिवेशन अन्तर्गत बुधवार र बिहीबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइपुग्दा १९ पदाधिकारीमध्ये अध्यक्षसहित ५ प्रतिनिधि निर्वाचित गर्दै कोशी प्रदेशले वर्चस्व कायम गरेको हो । त्यस्तै, मधेसबाट १ जना, बाग्मतीबाट ४ जना, गण्डकीबाट ३ जना, लुम्बिनीबाट ४ जना, कर्णालीबाट १ जना र सुदूरपश्चिमबाट १ जना निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीको क्षेत्रगत अवस्थाकोशी प्रदेश१. केपी शर्मा ओली (अध्यक्ष)– झापा २. योगेश भट्टराई (उपमहासचिव)– ताप्लेजुङ ३. शेरधन राई (सचिव)– भोजपुर ४. हिक्मतकुमार कार्की (सचिव)– झापा ५. भानुभक्त ढकाल (सचिव)– मोरङ मधेस प्रदेश१. रघुवीर महासेठ (उपमहासचिव)– धनुषा बाग्मती प्रदेश१. रामबहादुर थापा बादल (उपाध्यक्ष)– चितवन २. रघुजी पन्त (उपाध्यक्ष)– काठमाडौँ ३. महेश बस्नेत (सचिव)– भक्तपुर ४. राजन भट्टराई (सचिव)– काठमाडौँ गण्डकी प्रदेश१. पृथ्वीसुब्बा गुरुङ (उपाध्यक्ष)– लमजुङ २. पद्माकुमारी अर्याल (सचिव)– स्याङ्जा ३. खगराज अधिकारी (सचिव)– कास्की लुम्बिनी प्रदेश१. विष्णुप्रसाद पौडेल (उपाध्यक्ष)– रुपन्देही २. गोकर्णराज विष्ट (उपाध्यक्ष)– गुल्मी ३. शंकर पोख्रेल (महासचिव)– दाङ ४. छविलाल विश्वकर्मा (सचिव)– रुपन्देही कर्णाली प्रदेश१. यामलाल कँडेल (सचिव)– सुर्खेत सुदूरपश्चिम प्रदेश१. लेखराज भट्ट (उपमहासचिव)– कैलाली