ब्राभित्र कण्डममा कोकिनको झोल ! - www.pardafas.com
नेपाललाई ट्राज्जिट बनाएर लागूऔषध तस्करीमा संलग्न माफियाहरुले यसका लागि अनेकन उपाय गरिरहेका हुन्छन् । तर नेपालबाट बाहिरीन सोचेजस्तो सजिलो भने छैन् । तस्करहरुले प्रहरीलाई छक्याउन यस्ता उपाय लगाउनछन् जसको पूर्व अनुमान गर्न निकै कठिन छ । यस्तै एउटा घटना नेपालमा भएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका अधिकारी समेत तस्करीको यो तरिका देखेर अचम्ममा परेका छन् । व्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा रहेको शाखा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ब्राजिलियन महिला बर्ष २१ की एमिली मिकेल सान्टोस फरेरालाई नियन्त्रणमा लिएपछि तस्करीको नयाँ तरिका बाहिर आएको हो । फरेरालाई २१ साउनमा ब्राजिलबाट दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेको अवस्थामा ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोले शंका लागेर चेकजाँचगर्दा उनले लगाएको भित्रि बस्त्र (ब्रा) बाट करिब दुई किलो कोकिन बरामद भएको हो । उनले भित्रि बस्त्रभित्र कोकिनलाई झोल बनाएर गर्भ निरोधक साधन कण्डममा राखेर तस्करी गरिरहेकी थिइन् । उनले लगाएको कालो रङको ब्रा भित्र लुकाई छिपाई राखेको तरल अवस्थाको लागु औषध कोकिन १ केजी ९५० ग्राम सहित उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनीबिरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।