तीन महिनाभित्र केही गरेर देखाउँछौँ, निर्वाचनमा सही नेतृत्व चयन गर्नुहोला : कुलमान घिसिङ - farakdhar.com
Source: FRDH
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् । रौतहटको चन्द्रपुर–८ मर्धरमा आज ‘जन्मदिनलाई सतर्कममा जोडौँ’ अभियान अन्तर्गत वृक्षारोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हुँदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताए । देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा २१ फागुनमा हुने निर्वाचनमा देशल...